Shittalpati
शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण

गुल्मी, शिक्षकहरुका लागि योग तथा आयुर्वेद सम्बन्धी अभिमुखिकरण दिइएको छ  । गुल्मी आयुर्वेद स्वास्थ्य कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका भित्रका शिक्षकहरुका लागि दुुई दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा नगरपालिका भित्रका माध्यमिक विद्यालयका स्वास्थ्य शारारिक पढाउने शिक्षकहरुको सहभागीता रहेको थियो । शिक्षकहरुबाट विद्यालयका विद्यार्थीहरुमा विद्यार्थीबाट आम नागरिकमा योग तथा आयुर्वेद सम्बन्धी जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयुर्वेद स्वास्थ्य कार्यालयका निमित्त प्रमुख माधव बस्यालले बताए । विश्वव्यपी रुपमा ७० प्रतिशत भन्दा बढी मानिसहरु नसर्ने रोगबाट मर्ने गरेको तथ्याङ्क रहेको छ । यसलाई न्यूनिकरण गर्नका लागि हाम्रो जीवनशैलीमा परिर्वतन गर्नुपर्ने, योग, व्यायाम, प्रणायम जस्ता कुरामा ध्यान दिनुपर्ने लगायतका विषयमा शिक्षकहरुलाई जानकारी गराइएको छ । ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई सार्थकता दिनका लागि सबै नागरिकले आ–आफनो स्वास्थ्यको जिम्मेवारी लिन सकुन् भन्ने उद्देश्य कार्यक्रमको रहेको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थी यस्तो खालको कार्यक्रम विद्यार्थीहरुबाट सबै माझ पुर्‍याउन सके यसको महत्व धेरै हुने बताए । योग तथा आयुर्वेद महत्व रहेकाले आयुर्वेद स्वास्थ्य सम्बन्धी सबैले जान्न आवश्यक रहेको पन्थीले बताए । खानपान, सर्ने नसर्ने रोग निवारणका निम्ति योग तथा आयुर्वेदको महत्व रहेको आयुर्वेद स्वास्थ्य कार्यालय अध्यक्ष धर्मराज पाण्डेले बताए । हरेक व्यक्ति स्वास्थ्य रहन योग तथा आयुर्वेदको महत्व रहेको पाण्डेले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update