Shittalpati
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अधिवेशन : कलाकारदेखि पत्रकारलाई सम्मान गर्दै

गुल्मी, लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी शाखाको सातौं जिल्ला अधिवेशन हुुन लागेको छ । प्रतिष्ठानले मंसिर २९ गतेदेखि पुुष २ गतेसम्म तम्घासमा अधिवेशन गर्न लागेको हो ।

अधिवेशनको अवसरमा प्रतिष्ठानले कलाकारदेखि पत्रकारहरुलाई सम्मान गर्न लागेको छ । लोक, संकृतिको क्षेत्रमा उल्लेखीय योगदान पुर्‍याएका कलाकार र पत्रकारहरुलाई सम्मान गरिने प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए । उनले भने‘कलाकार देशका गहना हुुन्, उनीहरुको योगदानको प्रतिष्ठानले सम्मान गर्ने छ । सरकारी तवरबाट कलाकारको सम्मान हुुन सकेको छैन् तर हामी कलाकारहरुको छाता संस्थाको रुपमा रहेकाले पनि कलाकारहरुको सम्मान गर्नुपर्ने दायित्व हो ।’

प्रतिष्ठानले उत्कृष्ट पत्रकार, उत्कृष्ट कार्यसमिति र संस्थालाई सहयोग गर्ने व्यक्तिहरुलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठानका पूर्व अध्यक्ष जनक पन्थले बताए । अधिवेशनको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम समेत हुने छन् । प्रतिष्ठानले नयाँ कलाकारलाई पोत्साहन स्वरुप २०७१ देखि गुल्मी लोक तारा सञ्चालन गर्दै आएको थियो । तर यसपटक विविध कारणले गर्न नसकिएको जनाएको छ । लोक तथा संस्कृतिहरुको संरक्षण मात्र नभई विपद्मा परेकाहरुको उद्दारमा समेत प्रष्ठिान सक्रिय बन्दै आएको छ । उसले विगतमा कोरोना महामारीका कारण समस्यामा परेका नागरिकहरुको उद्दारमा अनुकरणीय काम गरेको थियो । प्रतिष्ठानले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण गर्नेदेखि विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update