Shittalpati
त्यो कालो दिन !

डा.सुचन पुन

त्यो कालो दिन २०७९ पौष १ गते
न तिमी मेरो भयौ न उसको भयौ
मात्र तिमी ईश्वरको प्यारो बनेऊ
कति सपना बुनेकि थियौ होला
कति अझै बाच्ने रहर थियो होला
तर कोही कसैको आँखा लाग्यो कालले
टप्प टिपेर लग्यो आखिर के रैछ र
जिन्दगी मात्र आज ठिक छ भोलि के छ र
न तिम्रो ठेगान न मेरो न उस्को छ
यहाँ सबै आफ्नो आफ्नो नियतीको लेखान्त छ
सपना झै लाग्छ यो के भयो होला
यति छिटो अल्पायुमै किन उठाएको होला
सम्झदा भाबुक बनाउँछ मलाई
यत्रा मान्छे छिनभरमै चिहान बनाई
न तिम्रो दोष न मेरो दोष न उसको छ
एक अर्कालाई दोष लगाउनु त फगत छ
ढिलो चाडो मर्नु धु्रर्ब सत्य नै हो ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update