Shittalpati
स्याङ्जाका एक दम्पतीद्वारा कोरोना भाइरस राहत कोषमा सहयोग

विष्णु पाण्डेय
पाल्पा,काोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै स्याङ्जा कालिगण्डकी गाउँपालिका १ का एक दम्पतिले गाउँपालिकाले स्थापना गरेको कालिगण्डकी कोरोना भाईरस राहत कोषमा दस हजार राहत सहयोग गरेका छन् । कालिगणडकी गाउपालिका १ खोर्दि निवासी केशरबहादुर क्षेत्री र उनकी श्रीमती सुमित्रा क्षेत्रीले संयुक्त रुपमा दस हजार सहयोग गरेका हुन । विपतका बेलामा विपन्न वर्गका व्यक्तिले सहज रुपमा राहत पाउन भन्ने उद्देश्यले आफुहरुले सहयोग गरेको क्षेत्रीले बताए । आफुहरुले सहयोग गरेको राहत रकम सहि रुपमा सदुपयोग होस भन्ने आफुहरुले चाहेको उनीहरुले बताएका छन् । दम्पती मध्ये श्रीमान जनहित माविका प्राध्यानाध्यापक हुन भने श्रीमती शिव प्राविका प्राध्यानाध्यापक हुन् । दम्पति यस अघि पनि विभिन्न सामाजिक काममा सक्रिय रहदै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update