Shittalpati
विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर

पाल्पा, राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको छ  । बैंकले दसैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारमा पैसा फिर्ताको अफर ल्याएको हो । बैंकले पोइन्ट अफ सेल (पस) को माध्यमवाट प्रतिकारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वाइपमा पैसा फिर्ता (क्यास ब्याक) हुने अफर ल्याएको छ । यो योजना १० असोजदेखि १३ कात्तिकसम्म लागू हुने बैंकले जनाएको छ । यसअन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वाइपमा ५ प्रतिशत अधिकतम क्यासब्याक वा ५ सय रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्वाइपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७ सय ५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्वाइपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने बैंकले जनाएको छ ।

देशभर विभिन्न व्यवसायमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यसैगरी, आगामी १४ असोजसम्म र २ देखि ६ कात्तिकसम्म राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update