Shittalpati
कुमारी बैंकको ‘धनवृद्धि रिकरिङ्ग मुद्दती’ योजना

पाल्पा, कुमारी बैंक लिमिटेडले ‘धनवृद्धि रिकरि मुद्दती’ योजना ल्याएको छ । बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष योजना ल्याएको हो । ग्राहकहरूले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्यूतम १० हजारदेखि १० लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् । यस आवर्ती योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १० प्रतिशत प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना आश्विन १ देखि लागू हुने बैंकले जनाएको छ ।

यस्तै बैंकले दसैं–तिहार लक्षित ‘डिजिटल धमाका अफर’ समेत सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहित गर्न उक्त योजना ल्याएको बताएको छ । बैंकले दसैं, तिहार र छठ पर्वको अवसरमा डिजिटल सेवा प्रदायक एफ १ सफ्ट र फोन पेको सहकार्यमा उक्त अफर ल्याएको हो । यस योजना अन्तर्गत एक जना भाग्यशाली ग्राहकले आइफोन प्राप्त गर्न सक्ने छन् । जसको लागि बैंकको कार्डबाट ४ असोजदेखि १३ कात्तिकसम्म २ सय रुपैयाँको ५ पटक भुक्तानी भएको हुनुपर्छ ।

त्यस्तै, पहिलो पटक भिसा कार्ड वा क्युआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकले ३० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन् । साथै, बैंकको कार्ड र क्यूआरमार्फत कारोबार गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले र इलेक्ट्रिक स्कुटर पाउने बैंकले बताएको छ । कुमारी मोबाइल बैंकिङएप मार्फत एनटिसी, एनसेल र स्मार्टसेलका लागि पहिलो पटक टपअप गर्दा ३० प्रतिशत वा अधिकतम १ सय रुपैयाँसम्म क्यासब्याक पाउने बताइएको छ । त्यस्तै, दसैं टिकाको साइतको समयमा दक्षिणा पोर्टल प्रयोग गर्ने पहिलो २० जना ग्राहकलाई १ सय प्रतिशत क्यासब्याक उपलब्ध गराउने बैंकले जनाएको छ । आफ्ना देशव्यापी १ सय ९८ शाखा सञ्जाल, १ सय ९५ एटिएम, ५३ शाखारहित बैंकि· इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरू प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update