Shittalpati
धार्मिक क्षेत्रमा माछापुच्छ्रेको क्यूआर कोड

पाल्पा, माछापुच्छ्रे बैंकले धार्मिक क्षेत्रमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल आर्थिक विकास गर्ने गरी धार्मिक क्षेत्रमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । उसले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदी तथा माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उक्त क्यूआर सेवाको शुभारम्भ गरेका हुन् । साथै म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.रामशरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत केसी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा क्यूआर सेवाको शुभारम्भ गरेका छन् ।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीले क्यूआर कोडबाटै भेटी चढाउन सक्ने छन् । दशनार्थीहरुले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । पछिल्लो समय बैंक डिजिटल बैंकिङ क्षेत्रमा अब्बल बन्दै गएको छ । उसले देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्दै गएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update