Shittalpati
ज्ञानेन्द्र अटो वक्र्सको व्यवसायिक फड्को : वक्र्स, मोटरसाइकल,स्कुटरदेखि जेसीबीसम्म

रामचन्द्र रायमाझी
पाल्पा, तानसेनको भिमसेनटोलमा अटो वक्र्स, मोटरसाईकल र स्कुटरको व्यवसायिक विक्री वितरण गर्दै आएको ज्ञानेन्द्र अटो वक्र्सले व्यवसायिक फड्को मारेको छ । तत्कालिन समयमा पाल्पा सहित लुम्बिनी अञ्चललाई केन्द्रीत गरी अटो वक्र्स सञ्चालन गरेको ज्ञानेन्द्र अटोले अहिले व्यवसायिक फड्को मारेको हो । विगत ३५ वर्ष अघि ज्ञानेन्द्र काजी शाक्यले अटो वक्र्सका रुपमा ज्ञानेन्द्र अटो वक्र्स सञ्चालन गरेका थिए । समयको माग र ग्राहकहरुको आवश्यकताई मध्यनजर गर्दै पछि अटो वक्र्सले मोटरसाईकल र स्कुटरहरुको विक्रि वितरण समेत गर्दै जान थाल्यो । दुई दाजुभाई ज्ञानेन्द्र काजी र विरेन्द्र काजी शाक्य मिलेर अटो वक्र्सलाई मोटरसाईकल र स्कुटरहरुको बिक्री केन्द्रका रुपमा समेत अगाडि बढाए । विश्वसनीय र भरपर्दो सेवा प्रवाह गरेकै कारण ज्ञानेन्द्र अटोले अहिले व्यवसायिक सफलता हात पारेको छ ।

जिल्लामा थुप्रै अटो वक्र्स र विभिन्न कम्पनीका मोटरसाइकल तथा स्कुटरहरुका बिक्री केन्द्रहरु सञ्चालनामा आए पनि ग्राहकहरुको रोजाई र आकर्षकको केन्द्र ज्ञानेन्द्र अटो वक्र्स बन्दै आएको छ । ग्राहकहरुको विश्वास जित्न सफल भएकै कारण अहिले ज्ञानेन्द्र अटोले आफुलाई समय सापेक्ष अगाडि बढाउदै लगेको छ । जिल्लामा स्काभेटरको समेत अत्याधिक प्रयोग बढ्दै गएपछि ज्ञानेन्द्र अटोले विहिबारदेखि जेसीबीको आधिकारिक सेवा केन्द्रको रुपमा समेत सेवा दिन थालेको छ । एमएडब्लुकै आधिकारीक विक्रेताको रुपमा मोटरसाइकल र स्कुटरको विक्री वितरण र सेवा दिदै आएको अटो वक्र्सले जेसीबीका एप्टर सेल्स सर्भिस र स्पेयरको सुविधा दिन थालेको छ । ज्ञानेन्द्र अटो वक्र्सले ज्ञानेन्द्र अर्थमुभर्स प्रालिको रुपमा जेसीबीको आधिकारिक सेवा केन्द्रको स्वीकृत पाएको छ । नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले ज्ञानेन्द्र अर्थमुभर्सलाई एक औपचारिक कार्यक्रमका बिच जेसीबीको आधिकारिक सेवा केन्द्र (अथराइज्ड रिटेल आउटलेट) को स्वीकृत प्रमाण पत्र हस्तान्तरण गरेको छ । एमएडब्लु अर्थमुभर्स प्रालिका सिइओ गोपाल कुमार अग्रवालले ज्ञानेन्द्र अर्थमुभर्सका सञ्चालक ज्ञानेन्द्र काजी शाक्य र विरेन्द्र काजी शाक्यलाई स्वीकृत प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । प्रमाण पत्र हस्तान्तरणसँगै सेवा केन्द्रको उद्घाटन समेत गरिएको छ । ज्ञानेन्द्र अटो वक्र्स रहेको कार्यालय नजिक नै अर्थमुभर्स प्रालिको कार्यालय उद्घाटन गरिएको हो । सेवा केन्द्रको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठ र उपप्रमुख प्रतिक्षा सिंजालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले जेसीबी मेसिनका सेवाका लागि बुटलव, भैरहवा, काठमाडौं जानुपर्ने बाध्यतालाई ज्ञानेन्द्र अर्थमुभर्सले पुरा गर्ने विश्वास व्यक्त गरे । उनले घरदैलोमा आएको सेवालाई सबैले उपयोग गर्न समेत आग्रह गरे । एमएडब्लु अर्थमुभर्स प्रालिका सिइओ गोपाल कुमार अग्रवालले जेसीबीप्रतिको जनविश्वास बढ्दै गएकाले सबै स्थान र क्षेत्रमा सेवा विस्तार गर्दै आइएको बताए । ज्ञानेन्द्र अटोसँगको ३५ वर्षे लामो यात्रामा व्यवसायी प्रति देखाएको विश्वसनियताकै कारण कम्पनीले जेसीबीको आधिकारी सेवा केन्द्रका रुपमा स्वीकृती दिएको उनले बताए ।

ग्राहकहरुको आवश्यकता र चाहाना अनुसार कम्पनीले आफ्नो सेवालाई थप विस्तार गर्दै जाने सिइओ अग्रवालले बताए । कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, निर्माण व्यवसायी संघ पाल्पाका कार्यवाहक अध्यक्ष बरुण प्रसाद रेग्मी, एमएडब्लु अर्थमुभर्स प्रालिका च्यानल सेल्स हेड कञ्चन सिलवाल लगायतले स्थानीय स्तरमै आएको जेसीबीका सेवाहरुलाई सबैले प्रयोग गर्नु पर्नेमा जोड दिए । उनीहरुले विगतदेखि नै जेसीबीका उत्पादनहरु विश्वासनिय र टिकाउ हुँदै आएको बताए । कार्यक्रममा ज्ञानेन्द्र अर्थमुभर्सका सञ्चालक विरेन्द्र काजीको अध्यक्षता,ज्ञानेन्द्र काजीको स्वागत कमला दाहालको सञ्चालनमा कार्यक्रम भएको थियो । यो सेवा केन्द्रबाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउने छन् । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने जेसीबीको नेपालमा सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । अझ टाढैबाट मेसिनबारे जानकारी दिने लाइभलिंक प्रविधिले गर्दा जेसीबी मेसिनको उत्पादकत्व अझ बढेको छ । जेसीबीले बिक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update