Shittalpati
ग्लोबल बैंकको ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम

पाल्पा, ग्लोबल आईएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । बैंकले गत वर्ष आफ्नो १५ औं वार्षिक उत्सवका अवसरमा ‘छात्रालाई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको थियो । सोही अनुरुप बैंकले उक्त कार्यक्रमलाई अगाडि बढाएको छ । उसले ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत यस वर्ष विभिन्न सामुदायिक विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाएका छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने छ । महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल बनाउ सहयोग पुग्ने विश्वासका साथ यो कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यो कार्यक्रमले आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ५/५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्दै जाने जनाएको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयानुकूल आफ्ना सेवाहरुलाई समेत परिमार्जन गर्दै अगाडि बढाएको छ । मुलुकका ७७ वटै जिल्लामा २ सय ८९ शाखा रहेको बैंकले २ सय ६२ एटीएम, २ सय ७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय ७५ भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update