Shittalpati
गौतमश्री सहकारीको सम्पत्ति रोक्का

पाल्पा, काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाको नाममा रहेका सम्पती रोक्का गरिएको छ । सहकारी विभागले उक्त सहकारीको देशका विभिन्न सात स्थानमा रहेको सम्पत्ति विभागको अनुमति बिना खोल्न, चलाउन, सरसामान बिक्री नगर्न पाउने गरी रोक्का राख्न प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागलाई पत्राचार गरेको छ । विभागले १३ साउनमा गरेको पत्राचार अनुसार संस्थाको कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको भवन तथा जग्गा, टेकुमा रहेको सेवा केन्द्र, पोखरामा रहेको सेवा केन्द्र, नारायणघाटमा रहको सेवा केन्द्र खोल्न, चलाउन तथा सरसामान बिक्री गर्न नपाउने गरी सुरक्षा प्रदान गर्न पत्राचार गरेको हो । सहकारीका सञ्चालकहरु अहिले फरार रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । बचतकर्ताको पैसा फिर्ता नगरी पछिल्लो दुई सातादेखि सहकारी संस्थाका सञ्चालक सम्पर्कविहीन भएपछि त्यहाँको विवाद बाहिर आएको हो ।

आफ्नो कर्जा असुली नभएको भन्दै एभरेस्ट बैंकले सिलबन्दी गरेको छ । सञ्चालक र उच्च तहका कर्मचारी सम्पर्कमा नरहेको र बैंकले पनि कार्यालयमा तालाबन्दी गरेपछि आफूहरूको बचत फिर्ता माग गर्दै बचतकर्ता सहकारी विभाग पुगेका छन् । सोमबारसम्म उक्त संस्थाका १ हजार १ सय ४५ जना बचतकर्ताले करिब डेढ अर्ब रुपैयाँ बचत फिर्ता माग्दै उजुरी दर्ता गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update