Shittalpati
रेसुंगा नगर सरकारको बजेट ८० करोड ७६ लाख

गुल्मी,  जिल्लाको रेसुङ्गा नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ८० करोड ७६ लाख १८ हजार बराबरको बजेट ल्याएको छ । नगर सरकारले संस्थागत, सामाजिक, आर्थिक र भौतिक पूर्वधार विकासमा केन्द्रीत गर्दै बजेट ल्याएको हो ।

नगर सरकारले चालु खर्चतर्फ ५४ करोड ३४ लाख ५० हजार र पुँजीगत खर्चतर्फ २६ करोड ४१ लाख ६८ हजार ल्याएको छ । बजेटमा वन वातावरण तथा विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ ।यस्तै बजेटले कृषि उत्पादन र अन्य रोजगारमुलक क्षेत्रलाई पनि केन्द्रमा राखेको छ । व्यवसायिक कृषिमार्फत गरिव विपन्न वर्गको आर्थिक अवस्थामा सुधार ल्याउने कार्यक्रम बजेमा राखिएको नगर प्रमुख खिलध्वज पन्थीले बताए । यस्तै शून्य होम डेलिभरी नगर बनाउने कार्यक्रमलाई पनि बजेटमा उल्लेख गरिएको छ । गुल्मी अस्पतालमार्फत मृगौला र मुटी रोगीहरुलाई निःशुल्क डाईलसिस सेवा उपलब्ध गराउने नीति तथा कार्यक्रममा राखिएको छ । बाँदर नियन्त्रणदेखि मदिरा नियन्त्रणसम्मका कार्यक्रम पनि अगाडि सारिएको छ । विशेषतः विद्यालय छेउँछाउमा मदिरा विक्रि वितरण निषेध गरिने भएको छ ।

रेसुङ्गा सर्किट निर्माण गरी पर्यटन पूर्वधार विकास गर्ने, एक घर एक धारा कार्यक्रम लागु गर्ने, मेयर रोजगार कार्यक्रम, लक्ष्मीपुर सांस्कृतिक संग्राहलय स्थापना, १४ वटै वडासम्म पुग्ने मोटरबाटो पिच, कृषि उपज संकलन केन्द्रको विस्तार, शैक्षिक सम्मेलन, वैदिक सम्मेलन, होमस्टे सञ्चालन, जातजाती बीच विकासमा समावेशीकरण, फोहोर मैला व्यवस्थान केन्द्रको स्थापना, कच्चा पदार्थको उद्योग सञ्चालन लगायतका महत्वपूर्ण कार्यक्रमहरु पनि बजेटमा समावेश गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update