Shittalpati
नेप्से परिसूचक उकालो लाग्यो

काठमाडौं, धितोपत्र बजारमा शेयर कारोबारमा नेप्से परिसूचक आइतबार भने उच्च अड्ढले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अड्ढको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको टिप्पणी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४.९२ अड्ढले उकालो लागेर एक हजार ९ सय ५६.९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७.९३ मा पुगेको छ । कूल २ सय ३० कम्पनीको ६३ लाख ६३ हजार ५ सय ९० कित्ता शेयर दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३५.५, व्यापार १ सय २१.०८, होटल तथा पर्यटन १ सय ४०.९३, विकास बैंक २ सय ५७.१४, जलविद्युत् १ सय ५६.९२, वित्त १ सय २.४३, निर्जीवन बीमा २ सय ६२.८८, उत्पादन २ सय ८४.५३, अन्य ९ हजार ६ सय ३, लघुवित्त २ सय ३१.०३, जीवन बीमा ३ सय ६६.७८, सामूहकि लगानी कोष ०.५ र लगानी ५.१९ अड्ढले उकालो लाग्यो । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार २७ खर्ब ९० अर्ब १६ करोड ५५ लाख ५४ हजार ८ सय ८८ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । सो बैंकको आठ करोड ६४ लाख ३८ हजार ९ सय ५३ बराबरको कारोबार भयो । हिमालयन बैंक आठ करोड ३७ लाख ९२ हजार ९ सय ३६, ङादी ग्रुप पावर आठ करोड ३३ लाख ५३ हजार, नबिल बैंक छ करोड ७६ लाख २७ हजार ८ सय ५८ र शिवम सिमेन्ट पाँच करोड ४१ लाख ७० हजार ६ सय ६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

२१ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

नेप्सेका अनुसार आइतबार कारोबार भएकामध्ये कूल २१ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ३१ कम्पनीको शेयर मूल्य भने ९ प्रतिशत बढीले वृद्धि भएको छ । नेप्सेका अनुसार नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, गुÞयश्वरी मर्चेन्ट बैंक, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एचआइडिसिएल, सिनर्जी पावर, घलेम्दी हाइड्रोपावरलगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र २.१६, एनसिसी बैंकको ऋणपत्र २, आइसिएफसी फाइनान्स २, गुडविल फाइनान्स १.८१ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले ०.२१ प्रतिशतले गुमाए । –रासस

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update