Shittalpati
बुटवल उपमहानगरको बजेट २ अर्ब ३५ करोड

बुटवल, बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । उसले सहरी पूर्वाधार विकास र संरक्षणलाई प्राथमिकता दिदै उक्त बजेट ल्याएको हो ।

उपमहानगरको आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ लाख रहेको छ । यस्तै, राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ । चालु आर्थिक वर्षको बचत ३४ करोड ५८ लाख रुपैयाँ छ । राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक विस्तारका क्रममा व्यवसाय सञ्चालन हुन नसकेर मर्कामा परेका राजमार्ग मोहडाका सटरका व्यवसायीलाई व्यवसाय करमा थप ३५ प्रतिशत छुट उपमहानगरले दिने बजेटमा उल्लेख छ । बजेटमा बुटवल उपमहानगरले यस पटक वडास्तरबाट परिचालन हुने बजेटको सीमालाई बढाएर १६ करोड ५० लाख बनाएको छ । बजेटले राजस्वका दरलाई वृद्धि नगरी विभिन्न क्षेत्रमा लाग्ने करमा छुट दिएको छ । उपमहानगरपालिकाले सम्पत्ति कर, बहालका, हाटबजार बैठकी, ई रिक्सा नवीकरण/रुट इजाजत जस्ता कर तथा गैर करका दरहरू कम्तीमा १० प्रतिशतसम्म न्यून गरेको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर शुल्क बुझाउने करदातालाई १५ प्रतिशतसम्म छुट दिने भएको छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको नगर अस्पतालका लागि बजेट परेको छ ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update