Shittalpati
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पाल्पा,  सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।

मूल्य घटेपछि अब पेट्रोल प्रति लिटर १ सय ७ ९ रुपैयाँ र डिजेल प्रति लिटर १ सय ६३ रुपैयाँ प्रति लिटर कामय भएको छ । यो निर्णय शनिबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ । यसअघि पेट्रोलको प्रति लिटर १ सय ९९ र डिजेलको १ सय ९२ रुपैयाँ थियो ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो ।

 

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update