Shittalpati
नेपाल एसबिआई बैंकको धनवृद्धि योजना

पाल्पा,  नेपाल एसबिआई बैंकले धनवृद्धि योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा उपलब्ध गराउन धनवृद्धि योजना ल्याएको हो ।

उक्त योजना अन्तर्गत बैंकले ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा २ गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणा भन्दा बढी प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुने छ । बैंकले ग्राहकलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सक्ने छ । यो योजना नेपाल एसबिआई बैंकको कुनै पनि शाखाबाट लिन सकिने जनाइएको छ । साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा २ गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले ९१ शाखा, २१ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १ सय ३० एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update