Shittalpati
माछापुच्छ्रे बैंकको डबल धमाका निक्षेप योजना

पाल्पा, माछापुच्छ्रे बैंकले डबल धमाका निक्षेप योजना ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको स्मार्ट मुद्दती खाता अन्तर्गत डबल धमाका योजना ल्याएको हो ।

यसका लागि ग्राहकले माछापुच्छ्रे बैंकको जुनसुकै शाखाबाट न्यूनतम ५० हजारमा माछापुच्छ्रे स्मार्ट मुद्धती खाता खोल्न सक्ने बैंकले जनाएको छ । उक्त खाताअन्र्तगत ग्राहकले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्न सक्ने र बैंकले सो खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण निक्षेपकर्तालाई प्रदान गर्ने जनाएको छ । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १ सय ६६ शाखारहित बैंकिङ्ग सेवा र २ सय ५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update