Shittalpati
राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर

पाल्पा, राष्ट्रिय वाणिज्य बैंकले स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर लागु गरेको हो । डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उक्त सेवाको शुभारम्भ गरेका हुन् । बैंकले मोबाइल बैंकिङ सुविधा लिइएका ग्राहकहरुले आफ्नो मोबाइलबाट बैंक काउण्टरमा उपलब्ध क्युआर स्क्यान गरी २ लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरूको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । अब सिमित कारोबारको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन ।

बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको माघ १० गतेबाटै शुभारम्भ गरेको छ । हाल देशभर बैंकको २ सय ५८ वटा शाखा कार्यालय, २ सय ४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update