Shittalpati
ट्रेजरी बिल विक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं, नेपाल राष्ट्र बैंकले १४ अर्ब ८१ करोड ३२ लाख रूपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको दुई अर्ब २३ करोड ३२ लाख रूपैयाँ, १ सय ८२ दिन अवधिको १२ अर्ब ४७ करोड रूपैयाँ तथा ३ सय ६४ दिन अवधिको ११ करोड रूपैयाँकोे ट्रेजरी सोमबार बोलकबोल मार्फत विक्री गर्न लागेको हो ।

बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी फागुन १० गते, १ सय ८३ दिने ट्रेजरी २०७९ जेठ १० तथा ३ सय ६४ दिने ट्रेजरी २०७९ मंसिर ६ गते परिपक्व हुनेछ । यसअघि यही कार्तिक २९ मा बैंकले ११ अर्ब ८५ करोड ५० लाख रूपैयाँको ट्रेजरी विक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार अपराह्न २ बजेसम्म खुला रहेको बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले आज (मंगलबार) ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यकपर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ । –रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update