Shittalpati
मेगा बैंकको मुद्दती तथा बचतमा उच्च ब्याजदर

पाल्पा, मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरूको महान् चाड दसैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरूलाई ‘दसैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो ।

बैंकको उत्कृष्ट व्याजदर उपहार योजनाअन्तर्गत मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज दिने भएको हो । त्यसैगरी बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो । बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म मासिक ब्याज प्राप्त हुने नयाँ बचत योजना थपेको छ । उक्त योजनामा दुई वर्षसम्म भिसा, डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क व्यवस्था गरिएको छ । लकर शुल्कमा दुई वर्षसम्म ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको खाता न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरूमा मुद्दती तथा बचत खाता खोली आकर्षक ब्याजदरसहितको सुविधा लिन ग्राहकहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update