Shittalpati
नबिल बैंकले ल्यायो दसैं योजना

पाल्पा, नबिल बैंकले यस वर्ष दसैं योजना घोषणा गरेको छ । नेपालीहरुको महान चाड दसैंको अवसरमा बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको हो ।

गत वर्ष पनि दशैंमा बैंकले आकर्षक योजना ल्याएको थियो । बैंकले गत वर्षको अपार सफलता पछि यस वर्ष पनि निक्षेपमा आकर्षक ब्याजदर योजना ल्याएको जनाएको छ । ‘दशैंमा नबिलको उपहार फिक्सडिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ नाम दिएको यस अफर अन्तर्गत एक वर्ष भन्दा बढी अवधिको निक्षेप राख्नेले यो सुविधा पाउनेछन् भने यो व्यक्तिगत ग्राहकका लागि ल्याएको अफर हो । यस योजना अन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६ प्रतिशत व्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिनेछ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खातामा उच्च व्याज दर आर्जन प्रदान गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ बर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मूल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणको लागि लक्षित गरेको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खाता रहेका ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर प्रदान गरिने छ । बैंकले आफ्ना देशभर १ सय ३५ वटा शाखा कार्यलयहरु, १ सय ८५ एटीएम र १ हजार ५ सय भन्दा धेरै नबिल रेमिट एजेन्टहरुसहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको दावी गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update