Shittalpati
बुहारीको सहयोगमा ४० परिवारलाई खाद्य सामग्री

पाल्पा, बगनासकाली गाउँपालिका–६ यम्घामा विपन्न दलित परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा यहाँ दैनिक मजदूरी गर्ने ४० दलित परिवारलाई चामल, दाल, नून र चिउरा वितरण गरिएको छ ।

संस्थाका प्रदेश संयोजक लता खड्काले कोरोनाका कारण रोजगारीका अवसरबाट व्ञ्चित हुनुपरेको परिवारका लागि चामल, दाल, नून, चिउरालगायत गरी ८५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जानकारी दिए । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले कोरोनाका कारण रोजगारीका अवसर गुमाएका परिवारमा आर्थिक समस्या बल्झिएको र त्यस्ता परिवारमा जीविकोपार्जनमा समस्या देखिएकाले यो कार्यक्रमले सहयोग पुगेको बताए । –रासस

 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update