Shittalpati
मेगा बैंकको एकै दिन ६ नयाँ शाखा खुले

पाल्पा,  मेगा बैंक नेपाल लिमिटेडका एकै दिन ६ वटा नयाँ शाखा खुलेका छन् । बैंकले साउन १५ गते देशका विभिन्न स्थानमा नयाँ ६ वटा शाखाको विस्तार गरेको हो । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई सहजै बैंकका पहुँचमा ल्याउने गरी बैंकले लुम्बिनी प्रदेशमा एउटा, प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, र सुदूरपश्चिम प्रदेशमा एउटा गरी ६ वटा नयाँ शाखाहरू विस्तार गरेको छ ।
उसले लुम्बिनी प्रदेशमा बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका – १८ कारकाँदोमा नयाँ शाखा खोलेको छ । यस्तै प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका –१६ स्थित लविपुर, बागमती प्रदेशमा नुवाकोट जिल्लाको विदुर नगरपालिका –२ बट्टारमा, चितवनको भरतपुर महानगरपालिका–७ विकास चोक र सोही महानगरपालिकाको वडा नम्वर १० भरतपुर हाइटमा पनि बैड्ढले नयाँ शाखाहरू सञ्चालनमा ल्याएको छ । त्यसै गरी र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका –१ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ । यी शाखाहरूबाट बैकिंङ कारोबारको प्रारम्भ शुक्रवारबाटै भएको बैंकले जनाएको छ । यो सँगै अब मेगा बैंकको शाखा संख्या १ सय ८४ पुगेको छ । निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरू सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाइएको छ । बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीहरूलाई ‘हलोदेखि हाइड्रोसम्म’ को सेवा पु¥याउने उद्देश्यले बैंकले शाखा विस्तारलाई तीव्रता दिएको हो ।
मेगा बैंकले पल्लिो समय नेपाल सरकारको नागरिक एपबीच पनि सहकार्य गरेको छ । नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सार्वजनिक गरेको नागरिक एपसँग बैंकले सहकार्य गरेको हो । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो नेपाल सरकारको महत्वपूर्ण कार्यक्रम भएकोले मेगा बैंकले सहयोगी हातको भूमिका खेली हरेक नागरिकलाई प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । नागरिक एपको प्रयोग गरी सजिलै खाता खोल्न सकिन्छ । साथै, नागरिक एप प्रयोग गरी मेगा बैंकका ग्राहकहरुले प्रविधिमार्फत सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न गर्न सक्ने छन् ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update