Shittalpati
सहयोग जुटाएरै गाँउमा बौद्ध प्रतिक्षालय

बागलुङ, बागलुङको गलकोट नगरपालिका– ८ विरकोटमा आर्थिक सहयोग जुटाएरै बौद्ध प्रतिक्षालयको निर्माण गरिएको छ । विरकोट युवा विकास समाजको अभियानमार्फत यस क्षेत्रबाट स्वदेश तथा विदेशमा रहेर विभिन्न पेसा,व्यवसाय,गरिरहेका सहयोगदाताहरुबाट बोल र नगद गरी ८ लाख ५० हजार सहयोग रकम जुटेको बौद्ध प्रतिक्षालय निर्माण विदेश संयोजक निल प्रसाद थापाले जानकारी दिए ।

ऐतिहासिक विरकोट गाँउलाई नमूना गाँउको रुपमा विकास गर्नका लागि विरकोटवासी समाजसेवीहरुसँगको सल्लाह र छलफलबाट गाँउको पहिचान झल्काउने र पर्यटन क्षेत्रको विकासमा समेत थप इटा थप्ने भएकाले मुर्ति सहितको बौद्ध प्रतिक्षालय निर्माण गरिएको विरकोट विकास समाज बौद्ध प्रतिक्षालय निर्माण समितिका कोषाध्यक्ष पदम सलामीले बताए । उनका अनुसार हाल निर्माणधिन अवस्थामा रहेकोले बौद्ध प्रतिक्षालयको करिव असी प्रतिशत निर्माणको काम सकिएको छ । गत फागुन १ गते विधिवत रुपमा बौद्ध प्रतिक्षालयको निर्माण कार्यको शुरुवात गरिएको छ । प्रतिक्षालयमा अझ रङ रोदन र मुर्ति राख्ने काम बाँकी रहेको सलामीले बताए ।

विरकोट गाँउमा प्रतिक्षालय निर्माणले गाँउमा हुने सानो तिनो बैठक,घामपानीमा सितलता र छहारी एवं उकालो ओरालो गर्दा थकान मेटाउन पनि प्रतिक्षालयले सहयोग पुग्ने छ । कला संस्कृतिको धनी मानिने विरकोट गाँउमा बौद्ध प्रतिक्षालय निर्माणले विरकोटको पर्यटन क्षेत्रको विकासमा थप बल पुगेको छ । विरकोट युवा विकास समाजको सहयोग अभियानमा हातेमालो गदै आफू सक्दो आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीदाताहरुलाई बौद्ध प्रतिक्षालय निर्माण विदेश संयोजक निल प्रसाद थापाले विशेष धन्यवाद दिए । त्यस्तै संस्कृति संरक्षण मञ्च बागलुङ काँडेवासका पूर्व अध्यक्ष एंव सल्लाहकार डिल बहादुर बुढाथोकीले यहाँका युवाहरुको सक्रियता र आफ्नो जन्मभूमिप्रतिको सहयोग उदाहरणीय एवं प्रसंसनीय रहेको भन्दै विरकोटलाई नमूना एंव सुन्दर बौद्ध प्रतिक्षालय निर्माणले गाँउको शोभा बढाएको र पर्यटन क्षेत्रमा समेत एउटा आयाम थपेकोे बताए । –कौरव खत्रीबाट

 

 

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update