Shittalpati
पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्न हेफरले दियो १ करोड ४९ लाख

कृष्ण पोखरेल
पाल्पा,
हेफर ईन्टरनेशनल नेपालले कोभिड विरुद्ध लड्नको लागि पाल्पाका १० वटा स्थानीयतहलाई १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको छ । स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि हेफरले पाल्पाका स्थानीयतहहरुमा सहयोग रकम प्रदान गरेको हो ।

हेफर ईन्टरनेशलन नेपालले तानसेन नगरपालिकालाई ४० लाख, रिव्दीकोट गाउँपालिकालाई १५ लाख, तिनाउँ गाउँपालिकालाई १५ लाख, रम्भा गाउँपालिकालाई १५ लाख, पूर्वखोला गाउँपालिकालाई १५ लाख, रामपुर नगरपालिकालाई १५ लाख, माथागढी गाउँपालिकालाई १० लाख, बगनासकाली गाउँपालिकालाई ४ लाख ५० हजार र रैनादेवीछहरा गाउँपालिकाको लागि ४ लाख ५० हजार रुपैया गरी १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको हेफरका कार्यक्रम प्रवन्धक अनन्तराज सिलवालले बताए । कोभिडको खर्च दिनहुँ बढिरहेको समया हेफरले गरेको नगद सहयोगले राहत मिलेको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताए । हेफरले प्रदान गरेको ४० लाख सहयोग रकमबाट सामुदायिक स्वास्थ्य केन्द्र निर्माण गरिने नगर प्रमुख शाहीले बताए । केही स्थानीयतहमा सहयोग रकम वितरण गरिसक्यौ केहीमा वितरण गर्दैछौ, कोभिड विरुद्ध लड्न सहयोग मिलोस् भनी जिल्लाका सबै पालिकाहरुमा सहयोग गरेको कार्यक्रम अधिकृत विष्णु पाण्डेले बताए ।

पाल्पामा दोस्रो भेरियन्टको सक्रमण र मृत्यु दर उच्च रहेकाले कोभिडबाट बच्न र बचाउन स्थानीय सरकारलाई सहयोगको हात बढाईएको स्थानीय साझेदार ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बताए ।

 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update