Shittalpati
गुल्मीका पत्रकारलाई व्यवसायी ज्ञवालीले दिए राहत सामग्री

गुल्मी, गुल्मीमा कोभिड महामारीका कारण आर्थिक संकटमा परेका जिल्लाभरका पत्रकार तथा सञ्चारकर्मीहरुलाई एक व्यवसायीले राहत सामग्री दिएका छन् । रुरुक्षेत्र गाउँपालिका ५ बम्घा घर भई हाल तम्घासमा अक्षता किराना पसल सञ्चाल गर्दै आएका विजय चन्द्र ज्ञवालीले कोभिडबाट प्रभावित जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुलाई खाद्यान्न राहत सहयोग गरेका हुन् ।

पहिलो चरणमा ज्ञवालीले सदरमुकाममा रहेका २० जना पत्रकार तथा सञ्चारकर्मीलाई ६० हजार बराबरको खाद्यान्न वितरण गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा गुल्मीले सञ्चालनको अभियान मार्फत ज्ञवालीले पत्रकारहरुलाई एक÷एक बोरा चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यान्न सामग्री गरेका हुन् । उनले क्रमश प्रभावित अन्य पत्रकारहरुलाई पनि सहयोग गर्ने उद्घोष गरेका छन् ।
ज्ञवाली र उनकी श्रीमती अमृता ज्ञवाली, बुवा होमनाथ ज्ञवाली, आमा राधा ज्ञवाली, दाजु कुलचन्द्र ज्ञवाली, भाउजु सिर्जना ज्ञवाली, छोरा आविश्कार ज्ञवालीले बर्षको दुई पटक आफुले व्यवसायबाट भएको आम्दानीको केहि रकम मानविय कार्य लगाउँदै आएका छन् । उनले कोभिड महामारीका बिच जनतालाई सु–सुचित गर्ने पत्रकार तथा सञ्चारकर्मीहरुले अरुको समस्या उठाउन गर्दै उद्दार गरिरहेको तर आफ्नै समस्या भने कसैसँग नराख्ने गरेकोले आफुले प्रोत्साहन स्वरुप राहत उपलब्ध गर्न ईच्छुक रहेको बताए ।

त्यस्तै रेसुङ्गा नगरपालिका १० मा रहेको डायमण्ड कृषि तथा पशुपन्छि फर्मका सञ्चालक भविन्द्र घर्ती मगरले २० जना सञ्चारकर्मीहरुलाई प्याज , टमाटर सहितको तरकारी वितरण गरेका छन् । प्रभावित पत्रकारहरुलाई राहत गरेको भन्दै सहयोगी दाताहरुलाई रेसुङ्गा नगरपालिका ८ का वडाध्यक्ष भरत भलामी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल , संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, उपाध्यक्ष रेशम कुँवर लगायतले धन्यवाद दिए । त्यस्तै जिल्ला बाहिर रहेका ४ वटा एफएम रेडियोकर्मीहरुलाई सम्बन्धित स्थानीय तहलाई खाद्यान्न राहत वितरण गर्न संघले आग्रह गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update