Shittalpati
रेडियो पुष्पाञ्जलीको विपद् व्यवस्थापन अभियानमा प्रवासीको सहयोग

गुल्मी,गुल्मीको वामीमा रहेको सामुदायिक रेडियो पुष्पाञ्जली ९७.४ मेगाहर्जले सञ्चालन गरेको कोरोना विपद व्यवस्थापन अभियानमा प्रवासी नेपालीबाट सहयोग जुटेको छ । स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य वामीवासीहरुले विपद् व्यवस्थापन अभियानमा सहयोग गरेका छन् ।

साविकको वामी गाबिस घर भई हाल बेलायतमा विभिन्न पेशा व्यवसायको शिलशिलामा रहेका नेपालीहरुको संस्था वामी परिवार युकेमार्फत एक लाख रकम अभियानलाई प्राप्त भएको जनाइएको छ । सात समुन्द्रपारीबाट कोरोना महामारीमा पनि मातृ भूमिप्रतिको अगाध मायाको प्रतिक वामीवासीहरुले सहयोग रकम पठाएका हुन् । प्रवासी भूमिमा रहेर एकिकृत भएका उनीहरुले आफ्नो मातृभूमिमा कोरोना महामारीले विकराल रुप लिएपछि नागरिकहरुको सुरक्षाका लागि आफ्नो गाँस कटाएर सहयोग गरेका छन् । उक्त सहयोग रकम एक कार्यक्रमका बिच रेडियोलाई हस्तान्तरण गरिएको छ । वामी परिवार युकेमा आवद्ध रहेका उपेन्द्र सापकोटा, क्षेत्र भण्डारी, दुर्गा सापकोटा, अञ्चल सापकोटा , तोयानारायण काफ्ले, अशोक जिसी, हरि प्रसाद सापकोटा, युबराज खरेल, राजु खत्री, यमलाल सापकोटा, दधिराम सापकोटा, दिपक सापकोटा ,कृष्ण भट्टराई, चन्द्रकान्त सापकोटा र बर्मिङ्हम, नटिङ्घम, स्कटल्याण्ड लगायत क्षेत्रमा रहेका वामीबासीले उक्त रकम संकलन गरेर नेपाल पठाएका थिए ।

बेलायतमा उनीहरुले सकंलन गरेको रकमको चेक नेपालमा समाजसेवी हरिनारायण सापकोटाले रेडियोलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै समाजसेवी सापकोटाले वामीबासीहरुले आफ्नो मातृभुमी प्रतिको माया देखाएर पठाएको रकमको सही सदुपयोग हुनेमा आफु विश्वस्त रहेको बताए । कार्यक्रममा रेडियोका पूर्वअध्यक्ष तथा सल्लाहकार सुदर्शन शाक्यले बढ्दो कोरोना सक्रंमणको जोखिमसगैं रेडियो पुष्पाञ्जलीले सञ्चालन गरेको अभियानमार्फत आफ्नो गाँस कटाएर सहयोग रकम पठाएकोमा वामी परिवार युकेलाई आभार व्यक्त गरे । उनले सकंलित रकमबाट पहिलो चरणमा नगरपालिकालाई ५ थान अक्सिजन सिलिण्डर दिइएको र दोश्रो चरणमा अक्सिजन कन्सन्ट्रेटर्स मेसिन र अन्य आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिने बताए । रेडियोका कोषाध्यक्ष अर्जुन सापकोटा, वरिष्ठ जग्गादाता गोविन्द सापकोटा, स्टेशन म्यानेजर प्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो । रेडियो सञ्चालक समितिका सचिव सुन्दर प्रधानको अध्यक्षता, रेडियोका सहसचिव कौरव खत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो । –पत्रकार कौरव खत्रीबाट

 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update