Shittalpati
एनसेलका भाग्यशाली विजेतालाई पुरस्कार

काठमाडौं (एजेन्सी), एनसेल प्राईभेट लिमिटेडले आफ्ना भाग्यशाली विजेतालाई पुरस्कार वितरण गरेको छ । एनसेलले सञ्चालन गरेको योजना अन्तर्गत ‘रिचार्जमा चमत्कार’ अन्तर्गत मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको हो । योजनामा सहभागी भाग्यशाली विजेता रुपन्देहीका टीकाराम बलाल मगर र ईलामकी गंगामाया राईले नगद पुरस्कार हात पार्न सफल भएका छन् । उनीहरु एनसेलका भाग्यशाली ग्राकह बन्दै दश÷दश लाख नगद हात पारेका हुन् । भाग्यशाली विजेता राई योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगर तेस्रो महिनाको मासिक विजेता रहेको एनसेल कम्पनीले जनाएको छ ।

एनसेलले आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत मंसिर १ देखि तीन महिना योजना सञ्चालन गरेको थियो । योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाएका थिए । तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही २ लाख पुरस्कार ग्राहण गरेको छन् । योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख जिते भने १२ औं हप्ता अन्तर्गत बाराका अरमान देवानले २ लाख जितेका छन् ।

एनसेलको योजना अन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरु प्रमाणीकरण प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने यो योजना आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालनमा रहेको थियो । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने व्यवस्था रहेको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०७६  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update