Shittalpati
अभियानमा जोडिदै मालिकाका कर्मचारी, एक दिनको पारिश्रमिक अक्सिजनलाई

गुल्मी,जिल्लाको मालिका गाउँपालिकाका कर्मचारीहरुले एक दिनको पारिश्रमिक अक्सिजन खरिदमा सहयोग गर्ने भएका छन् । जिल्लामा अक्सिजन अभाव हुन नदिनका लागि पत्रकार महासंघ गुल्मीले सञ्चालन गरेको ‘अक्सिजन पलाण्ट अभियानमा’ गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुले एक दिनको पारिश्रमिक सहयोग गर्ने भएका हुन् ।

गाउँपालिकाका कर्मचारी, शिक्षक रस्वस्थ्यकर्मीहरुको एक दिनको पारिश्रमीक ३ लाख ४२ हजार ७ सय ९० रुपैयाँ अभियानमा सहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए । गाउँपालिकाका शिक्षकहरुको २ लाख ४७ हजार ९ सय ४०, स्वास्थ्यकर्मीहरुबाट ४६ हजार ९ सय ४५ र कर्मचारीबाट ४७ हजार ९ सय ५ प्रदान गरिने भण्डारीले बताए । उनले जिल्लामा अक्सिजनको अभावलाई पूर्र्ति गर्न महामारीमा आफै जोखिम मोलेर काम गरिरहेका स्वास्थ्यकर्मी तथा शिक्षक कर्मचारीबाट सहयोग गरिएको बताए । कोरोना संक्रमणको दर बढ्दै गइरहेका बेला अक्सिजनको कारण नागरिकको ज्यान जाने स्थितीलाई मध्यनजर गरेर नेपाल पत्रकार महासंघले ‘अक्सिजन पलाण्ट अभियान’ सञ्चालन गरिरहेको छ ।

महामारीका बेला महासंघले सञ्चालन गरेको अभियानमा ऐक्यबद्धता जनाउँदै अभियानमा साथ दिने मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी सहित कर्मचारी, क्षिकक रस्वास्थ्यकर्मीहरुलाई पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले धन्यवाद दिएका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update