Shittalpati
एनसेलका ग्राहकलाई स्मार्टफोन जित्ने मौका

काठमाडौं (एजेन्सी), एनसेलका ग्राहकले अब योजनामा स्मार्टफोन जित्न सक्ने छन् । उनीहरुले युनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउने भएका छन् ।
एनसेल आजियाटाले यो आकर्षक योजना मंगलबारदेखि लागु गरेको छ । इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दिनदेखि ७ दिनका लागि सञ्चालनमा रहने भन्दै कम्पनीले यस आकर्षक योजनाअन्तर्गत युएईबाट धेरै भन्दा धेरै आगमन कलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्ट फोन जित्न सक्ने जनाएको छ । युएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउने पनि कम्पनीले जनाएको छ ।
कोरोना भाइरसको दोस्रो लहरले सिर्जना गरेको यो विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्कमार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन सहयोग गर्ने कम्पनीको दावी छ । यो योजना अन्तर्गत, युएईबाट सबै भन्दा धेरै आगमन कल प्राप्त गर्ने एक ग्राहकले हरेक दिन एक सामसङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्ट फोन जित्न सफल हुने बताइएको छ । ७ दिनको अवधिमा ७ जना ग्राहकले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update