Shittalpati
सिद्धार्थ बैंकको खाता अनलाइनबाटै खोल्न सकिने

पाल्पा, सद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट खाता खोल्न सकिने सुविधा सुचारु गरेको छ । बैंकि· प्रणालीलाई थप प्रविधिमैत्री बनाउनका लागी बैंकले यस्तो सुविधा ल्याएको हो । नयाँ वेबसाइटको सुरुवात गर्दै बैंकले नागरिक एपसँगको सहकार्यमा बैंकको वेबसाइटबाट नागरिक एप मार्फत अनलाइन खाता खोल्न सकिने सुविधा ल्याएको जनाएको छ । यस सुबिधाबाट नेपाली तथा गैर आवासीय नेपाली नागरिकले देश र विदेशका कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइटमा गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सक्नेछन् ।

यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो कम्प्युटर, मोबाइल वा ट्याबलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ । बैंकले वेबसाइटलाई परिष्कृत र परिमार्जन गरि अझ बढी ग्राहकमैत्री बनाउन नयाँ वेबसाइटको सुरुवात गरेको हो । सजिलै डिजिटल माध्यमबाट बैंकको सेवा, सुबिधा तथा सूचनाहरूको बारेमा जानकारी प्रदान गर्न र प्रयोगकर्ताहरूको सन्तुष्टि बढाउने उद्देश्यले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । आधुनिक र नवीनतम प्रविधि प्रयोग गरेर बनाइएको नयाँ वेबसाइट सबै किसिमका ब्राउजरमा सहजै रुपमा मोबाइल एवं कम्प्युटरबाट चलाउन मिल्ने गरि विकास गरिएको बैंकले बताएको छ । ग्राहकहरुको कुनै पनि गुनासो तथा विषयहरुलाई सहज ढंगले सम्बोधन गर्न च्याट, हेल्प डेस्क, क्विक डायल जस्ता एप्लिकेशनहरु राखिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update