Shittalpati
सरकारलाई एनसेलले  दादुरा–रुबेला अभियानमा सघाउँदै

काठमाडौं (एजेन्सी), नेपाल सरकारले अगाडि सारेको राष्ट्रिय दादुरा–रुबेला विरुद्धको अभियानमा एनसेल प्राइभेट लिमिटेडले सघाउदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला विरुद्धको अभियानमा एनसेलले सघाउँदै आएको हो । फागुन १ गतेदेखि सञ्चालन भएको पहिलो चरण अन्तर्गत प्रदेश नं. १, २ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप अभियानमा एनसेलले सक्रिय सहभागिता जनाउँदै आएको छ ।

आफ्ना ग्राह वर्गलाई विभिन्न समयमा आकर्षक योजनाहरु ल्याउदै आएको एनसेलले सामजिक उत्तरदायित्वलाई पनि सँगसगै अगाडि बढाएको जनाएको छ । सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ । यस्तै दोस्रो चरण चैत्र १ गते देखि चैत्र ३० गते सम्म सञ्चालन हुनेछ ।

यो चरणमा बाँकी प्रदेशहरु बागमती, गण्डकी, कर्णाली र सुदुर पश्चिमका बालबालिकालाई यी खोप लगाइनेछ । एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेललाई राष्ट्रिय अभियानमा सहकार्य गर्ने अवसर सरकारले दिइएकोमा निकै गौरवान्वित भएको एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोले बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update