Shittalpati
पाल्पा व्यापार संघको भित्तेपात्रो विमोचन


कृष्ण पोखरेल
पाल्पा,पाल्पा व्यापार संघ तानसेन पाल्पाले नयाँ बर्ष २०७८ को अवसरमा शुभकामना आदान–प्रदान गर्दै भित्तेपात्रो विमोचन गरेको छ । लुम्विनी प्रदेशका सभासद नारायण प्रसाद आचार्यले संघले प्रकाशित गरेको भित्तेपात्रो विमोचन गरे ।

भित्रेपात्रो विमोचन गर्दै उनले पाल्पा व्यापार संघले छोटो समयमा पाल्पामा राम्रो काम गरेको बताए । पाल्पामा ढाका, करुवा, तेजपात, दालचिनी, अम्रिसो, कृषि तथा पशु व्यापारको संभावना राम्रो रहेको सांसद आचार्यले बताए । पाल्पाका सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर, रामपुर कपुरकोट र मदनभण्डारी राजमार्गले जताततै संभावनै संभावना दिएकाले व्यापार क्षेत्रमा पनि सक्रिय भएर काम गर्न संघका सदस्यहरुलाई सभासद आचार्यले आग्रह गरे ।

कार्यक्रममा कानुनी सल्लाहकार रामबहादुर राउतले वर्तमान सरकारले व्यापारीहरुलाई सहज रुपमा व्यापार गर्न सहयोग गरेको बताए । देशलाई शान्तिपूर्ण राजनितिमा रुपान्तरण गरी ढुक्क भएर व्यापार गर्न व्यापारीहरुलाई सरकारले सहयोग पु¥याएको राउतले बताए । सल्लाहकार विष्णुबहादुर कार्कीले पाल्पा व्यापार संघले पाल्पालाई चिनाउने काम गर्दै आएको र आगामी दिनमा अझै राम्रो काम गर्न सुझाव दिए । कार्यक्रमा संघका सचिव पर्शुराम पौडेलले भित्तेपात्रो प्रकाशन गर्दा भएको आम्दानी तथा खर्च सार्वजनिक गरेका थिए । कार्यक्रम संघका अध्यक्ष चिरञ्जीवी पोखरेललेको अध्यक्षतामा भएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update