Shittalpati
वल्र्डलिंकको ‘हर्षको नयाँ वर्ष’ अफर

पाल्पा, इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरु को सेवालाई मध्य नजर गर्दै ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको हो । यस योजनामा वल्र्डलिंकका ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म छुट पाउने छन् । त्यस्तै, यीमध्ये एउटा प्याकेज लिँदा पनि वर्षभरि नै नेट टीभीको सेवा निःशुल्क पाइने वल्र्डलिंकले जनाएको छ । यसमा ३ महिना नेट टीभी प्राइम प्याकेज पनि पाइने भएको छ । जसमा फिल्म हेर्न सकिनेछ भने वाईफाईका लागि डुएल ब्यान्ड राउटर सित्तैमा उपलब्ध हुनेछ । यससँगै जडान, वायरिङ, यूट्युब र अन्य सामग्रीको सुविधा सहित सेटअप बक्स पनि निःशुल्क प्रदान गरिने वल्र्डलिंकले जनाएको छ । नयाँ वर्षमा नयाँ तथा पुराना ग्राहकहरूले सामान्यतःशुल्क लाग्ने सेवाहरुमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउन सक्ने कम्पनीले विश्वास लिएको छ ।

वल्र्डलिंकले हाल नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेको भन्दै ग्राहकहरूका लागि अझ उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउने प्रतिवद्धता जनाएको । वल्र्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट प्रदायक कम्पनी हो । यसले समय समयमा आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै ग्राहक मैत्री योजना ल्याउँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update