Shittalpati
माछापुच्छ्रे बैंकको ‘स्मार्ट डलर कार्ड’

पाल्पा (एजेन्सी), माछापुच्छ्रे बैंक लिमिटेडले ‘स्मार्ट डलर कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार एमबिएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको हो । बैंकमा खाता भएका ग्राहक महानुभावहरुले आफ्नो प्यान कार्ड पेस गरि अमेरिकी डलर ५ सय बराबरको कार्ड प्राप्त गर्न सक्नेछ । उक्त कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५ सय बराबरको इकमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सक्नेछ ।


स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको बैंकले हालै मात्र नेपाली कर्मसियल बैंकि· इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एवं मुद्धति खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update