Shittalpati
अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण

बुटवल, बुटवलका अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । कामना सेवा विकास बैंकले बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको २५ औं वार्षिक साधारणसभाका अवसरमा एसोसिएशन आवद्ध अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको हो । आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित बैंकले क्यूआर कोड वितरण गरेको जनाएको छ । नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ्ग सेवाको पहुँच पुर्‍याउने लक्ष्यका साथ बैंकले एसोसिएशनमा आवद्ध ८ सय २७ व्यवसायीलाई क्यूआर कोड वितरण गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी र कामना सेवा विकास बैंक बुटवल प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा क्यूआर कोड बुटवल अटो इन्जिनियरिङ एसोसिएशनका अध्यक्ष बाबुलाल पाण्डेमार्फत व्यवसायीहरुलाई वितरण गरेका थिए । कोड वितरण गर्दै मन्त्री चौधरीले नेपालकै नमुना अटो भिलेजको रुपमा रहेको बुटवल अटो इन्जिनियरिङ डिजिटल बैकिङ्गमा आवद्ध भएकोमा खुसी व्यक्त गदै बैंकको प्रसंशा गरेका छन् । अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैंमा अव्यावहारिक भएको उल्लेख गर्दै उनले अटो व्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update