Shittalpati
कुमारी बैंकद्वारा सरसफाईसँगै डस्टविन वितरण

पाल्पा, कुमारी बैंक लिमिटेडले तानसेन शाखाले तानसेनमा सरसफाईसँगै डस्टविन वितरण गरेको छ । बैंकले आफ्नो २० औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईसँगै डस्टविन वितरण गरेको हो । बैंकले एक औपचारिक कार्यक्रमका बिच तानसेनको नारायणस्थान मन्दिर परिसरमा सरसफाई तथा डस्टबिन वितरण गरेको छ । उक्त कार्यक्रममा बैंक पाल्पा शाखाका शाखा प्रबन्धक अम्बिका प्रसाद बस्यालले बैंकले उपलब्ध गराएको डस्टबिन वडाका जनप्रतिनिधि महेश्वर श्रेष्ठ र शान्ति झेंडीलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । शाखा प्रबन्धक बस्यालले यो कार्यक्रम बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित तर बैंकको २० औं वार्षिकोत्सव बिशेष रहेको बताए । मन्दिर परिसरमा सरसफाई गरिएको छ ।

सामाजिक र धार्मिक रुपमा मठमन्दिर महत्वपूर्ण रहेकाले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई गरिएको जनाएको छ । यसले जिल्लामा वित्तिय कारोबारसँगै सामाजिक कार्यलाई समेत अगाडि बढाएको छ । यो बैंक डिजिटल बैकिङ्ग सञ्चालनमा ल्याउने अग्रणी बैंक पनि हो । यसले तानसेनमा तानसेन खानेपानी कार्यालयलाई डिजिटाईज गरी सम्पूर्ण भुक्तानी प्रणाली डिजिटलमा रुपान्तरण गर्ने कार्य गरिरहेको र निकट भविष्य मा नै विद्युतिय भुक्तानी सञ्चालनमा ल्याईने तयारी थालेको जनाइएको छ । सरसफाई तथा डस्टविन वितरण कार्यक्रममा जनप्रधिनिधिहरुले बैंकले वित्तिय क्षेत्रको विकाससँगै सामाजिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण टेवा पुर्‍याएको भन्दै बैंकले गरेको कार्यको प्रशंसा गरे । कार्यक्रममा जनप्रधिनिधि, समाजसेबी, बैंकका कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । हाल कुमारी बैंकले १ सय ९३ शाखा, १३ विस्तारित शाखा तथा २५ शाखा रहित बैकिङ्ग कार्यालयबाट देशै भरि अत्याधुनिक बैकिङ्ग सेवा दिदै आएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update