Shittalpati
यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिताको विजेता घिमिरे


पाल्पा, पाल्पामा यामाहा रे जेडआर १२५ एफआई माइलेज च्यालेञ्ज र र्‍याली प्रतियोगिता गरिएको छ । यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ज्ञानेन्द्र अटो वक्र्स यामाहा सोरुम पाल्पामा ग्राहकलाई यामाहा रे जेडआर १२५ एफआई र यसको माइलेजबारे जानकारी दिनका लागि शनिबार एफआई माइलेज च्यालेञ्ज र र्‍याली प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा विजय घिमिरे विजेता भएका छन् । उनको स्कुटरले ८८.५० प्रति लिटर माइलेज दिएपछि उनी विजेता घोषित भएका हुन् । त्यस्तै प्रतियोगितामा अमूल्य रत्न शाक्य द्वितीय र निजामदिन मिया तृत्तिय भएको ज्ञानेन्द्र अटो वक्र्सले जनाएको छ । विजेता प्रतियोगीहरुलाई ज्ञानेन्द्र अटोका प्रबन्धक निर्देशक विरेन्द्र काजी शाक्यले ट्रफि र प्रमाणपत्रले सम्मान गरेका थिए । प्रतियोगितामा ३४ जना रे जेडआर १२५ एफआईका ग्राहकले भाग लिएका थिए ।

भिमसेनटोलस्थित ज्ञानेन्द्र अटो वक्र्सको कार्यालयबाट सुरु भएको र्‍याली लहरेपिपल, तानसेन दरबार, शित्तलपाटी, नारायणस्थान, मेहलधारा, मिसन हस्पिटल, आर्यभन्ञ्जयाङ्ग, बर्तुङ्ग, बसपार्र्क हुँदै सोरुममा पुगी समापन भएको थियो । ‘रे जेडआर १२५ एफआईले ५८ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ । तर यो माइलेज स्कुटर कसरी चलाइएको छ भन्नेमा निर्भर हुन्छ । त्यसले माइलेज च्यालेञ्जमा सहभागीको माइलेज फरक फरक थियो,’ ज्ञानेन्द्र अटो वक्र्सका निर्देशक विवेक काजी शाक्यले भने । प्रतियोगिता उत्साहजनक नै रहेको निर्देशक काजीले बताए । ग्राहक एफआई इञ्जिनबाट पनि सन्तुष्ट रहेको उनले जानकारी दिए ।

यामाहाले अत्याधुनिक फिचर र अभुतपूर्व डिजाइन भएको रे जेडआर १२५ एफआईलाई ६ महिनाअघि मात्र नेपालमा सार्वजनिक गरेको थियो । यो अवधिमा दशहजारभन्दा बढी ग्राहकले यसलाई आफ्नो साधनका रुपमा अपनाइसकेका छन् । यो शक्तिशाली स्कुटरले मात्र ७.५९ सेकेण्डमा शुन्यदेखि ६० किलोमिटर प्रति घण्टाको स्पिड लिन सक्छ । साथै पछिल्लो उत्सर्जन मापदण्ड बीएस ६ इन्जिनजडित यो स्कुटरले ५८ किलोमिटर प्रति लिटरको माइलेज दिन्छ जुन बजारमा उपलब्ध अन्य जुनसुकै स्कुटरले दिने माइलेजभन्दा सबैभन्दा बढी हो । यामाहा रे जेडआर १२५ एफआई फ्युलइन्जेक्सन प्रविधिभएको एक मात्र (यामाहा फेसिनो १२५ एफआईपछि) स्कुटर हो ।

 

 

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update