Shittalpati
एनसेलको ‘सहयात्री सिम’

काठमाडौं (एजेन्सी), एनसेल आजियाटा लिमिटेडले ‘सहयात्री सिम’ योजना ल्याएको छ । एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी यो योजन ल्याएको हो । उक्त योजनामा स्टार्टर प्याकमा बण्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा रहेका छन् । यो योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले बताए । यस योजनाले वैदेशिक रोजगारीमा जाने सोंच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोंच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका रहेका छन् । नेपालमा नै रहेको समयमा यहाँ रोजगारीका अवसर खोज्न एनसेल जबसपले मद्दत गर्ने जनाइएको छ । त्यसैगरी यसमा लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि रहेको छ । यो सिम ग्राहकले कर सहितमात्र रु ९९ मालिन सक्छन् र सिमसँगै रु २० मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुनेछ । यसमा २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पनि पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपालकल गर्न वा आफु रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्त हुने १५ मिनेटको रोमिङ् सेवाग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् । यो सिम अर्थात् योजना अन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कलआयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कम रहेको अवस्थामा पनि मिस्ड कलदिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकलकलको दर कर बाहेक रु १.९९ प्रतिमिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यो सिमका ग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जबसपप्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् । सहयात्री सिम लिन ग्राहकको नागरिकता र एक प्रतिफोटो आवश्यक पर्दछ । यो सिम आफुलाई पायक पर्ने एनसेल सेन्टर वा एनसेलको आधिकारिक विक्रेताबाट लिन सक्नेछन् ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update