Shittalpati
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु

बुटवल, बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु निर्वाचित भएका छन् । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनले कसजुलाई अध्यक्षमा निर्वाचित गरेको हो । शुक्रबार विहान सम्पन्न मतगणनाको परिणाम अनुसार उनले प्रतिद्वन्दी हरिप्रसाद अर्याललाई १ सय ७९ मतले पराजित गरेका हुन् । कसजुले ६ सय ६२ मत प्राप्त गरेका छन् भने अर्यालले ४ सय ८३ मत प्राप्त गरेका छन् ।

संघको नयाँ नेतृत्वको लागि अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो । संघको कोषाध्यक्षमा नविन श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६ सय ९२ मत ल्याएर कोषाध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै संघको सचिवमा ५ सय २१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यस्तै, खुल्ला तर्फको कार्यसमिति सदस्यमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई, कृष्ण श्रेष्ठ, मोहमद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी महिला सदस्यतर्फ जमुना पौडेल र मीना प्रधान विजयी भएका छन् । नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ वाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनका लागि विहीबार मतदान भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update