Shittalpati
शाइन रेसुङ्गा बैंकको सेवा आफ्नै भवनबाट

पाल्पा, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय आफ्नै भवनबाट सेवा सुरु गरेको छ । हाल कम्पनीको केन्द्रीय कार्यालय रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ६ मैत्रिपथमा रहेकोमा फागुन ११ गतेदेखि सोहि उपमहानगरपालिका वडा नं ११ कालिका नगरमा आफ्नै भवनबाट सेवा सञ्चालन गरेको जानकारी दिएको छ । स्थापनाको १२ बर्ष पुरा गरी १३ बर्ष प्रवेशसँगै बैंकले आफ्नै भवनबाट कारोवार सुरु गरेको हो ।२०६५ साल फागुन ११ गते ६ करोड चुक्ता पूँजीबाट कारोवार सुरु गरेको बैंकले आफ्नो सेवालाई थप चुस्त बनाउदै लगेको छ । बुटवलको कालिकानगरमा करिब २० करोडको लगानीमा निर्माण भएको आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरिएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड र जगेडा कोषमा ७२ करोड रुपैयाँ रहेको छ ।

बैंकले ६८ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए । यस बैंक स्थापना भएको १२ बर्षमै काठमांडौ बाहिर केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको एक मात्रै विकास बैंक बन्न सफल भएको छ । बैंकको लगानी तथा कारोबार मध्ये ९९.९९ प्रतिशत लुम्बिनी प्रदेशकै योगदान रहेको जनाइएको छ ।चुक्ता पुँजी ३ अर्ब ४० करोड र जगेडा कोष ७२ करोड गरी कूल पुँजीकोष ४ अर्ब १२ करोड पुगेको बैंकको लुम्बिनी प्रदेशका १० जिल्ला सहित काठमाडौ, पोखरा,चितवन, धनगढी,महेन्द्रनगर ६८ वटा शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update