Shittalpati
सहकारीको भवन शिलान्यास्

पाल्पा, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको भवन शिलान्यास गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकामा रहेको उक्त सहकारीको प्रशासनिक भवन एक औपचारिक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।

भवनको पूर्व उद्योग मन्त्री तथा विघटित प्रतिनिधिसभाका सांसद सोम प्रसाद पाण्डेयले शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै पाण्डेले ग्रामीण क्षेत्रमा छरिएर रहेको स–सानो पुँजीलाई एकृत्रित गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आर्थिक समृद्धि हासिल गर्नका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेकाले उत्पादन क्षेत्रमा सहकारीले लगानी बढाउनुपर्नेमा जोड दिए । नेता पाण्डेले भने ‘सहकारीहरुले अनुत्पादक क्षेत्रहरुमा लगानी गरेकै कारण कतिपय सहकारीहरु पलायन भएको अवस्था रहेकोले त्यस तर्फ सकहारीले ध्यान दिनुपर्दछ ।’ कार्यक्रममा नेकपामा युवा नेता ठाकुर गैरेले सहकारीको विकास र विस्तार भए मात्र ग्रामीण जनताको आर्थिक स्तर वृद्धि गर्न सकिने बताए । सहकारीका अध्यक्ष कृष्ण भुषालले सहकारीले छिटो, छरितो र सहज तरिकाले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको बताए । संस्थाका अध्यक्ष भूषालको अध्यक्षता, सचिव कमल तिमिल्सीनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update