Shittalpati
बैवाहिक वर्ष गाँठमा गरिने खर्च अपाङ्गतालाई

गुल्मी, जिल्लाका एक युवाले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने खर्च अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१ क्याम्पसरोडमा व्यवसाय गर्दै आएका जनक पन्थले आफनो बैवाहिक वर्ष गाँठमा गरिने फजुल खर्च कटाए आशा अपाङ्गतामा रहेका व्यक्तिहरुलाई सहयोग गरेका हुन् ।

पछिल्लो समय नेपाली समाजमा बैवाहिक वर्ष गाँठको अवसरमा अनावश्यक फजुल खर्च गरी भोजभतेर/पाटी गर्ने प्रचलन रहेका बेला पन्थीले भने अपाङ्गताहरुलाई सहयोग गरेर प्रशंसनीय कार्य गरेका छन् । सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय रहेदै आएका पन्थले बैवाहिक वर्ष गाँठमा गरिने खर्च कटाएर आशा अपाङ्ग केन्द्रमा खाद्यान्न सामग्री सहयोग गरेका हुन् । फजुल खर्चलाई कटाएर अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थालाई सानो भएपनि सहयोग गरौ भन्ने उद्देश्यले सहयोग गरेको पन्थले बताए । जिल्ला सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रले अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको छ । पन्थले यस अघि आफ्नो जन्मदिनका अवसरमा वृद्धाश्रममा रहेका वृद्धाहरुलाई सहयोग गरेका थिए । उनले रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण वृद्धाश्रममा पुगेर वृद्धावृद्धहरुलाई सामूहिक भोजन गराएका थिए । वृद्धाश्रममा रहेका ५० जना वृद्धाहरुलाई सामुहिक रुपमा एकछाक खाना खुवाएका थिए । पन्थले रुरु धार्मिक सेवा सञ्चार प्राली रुरु धाम रिडीको समन्वयमा एक छाक भोजन, टोपी, हात धुने साबुन र रुरुक्षेत्र ऋषिकेश मन्दिरका लागि २ महिनालाई फ्री ईन्टरनेट सुविधा प्रदान गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update