Shittalpati
गुल्मीका होटल र रेष्टुरेण्टको स्तरीकरण गरिने

गुल्मी  जिल्लामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्याङ्कन गरेर स्तरीकरण गरिने भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले गुल्मीका होटल तथा रेस्टुरेण्ट स्तरीकरण गर्ने भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा र तम्घासका होटल व्यवसायीहरु बिच छलफल गरी स्तरीकरणको लोगो वितरण गर्न लागिएको हो । होटल व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी जनकारी गराउँदै गुणस्तरीय सेवाको आधारमा लोगो वितरण गर्न लागिएको डिभिजन कार्यालयले जनाएको छ ।

खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेण्टको स्तरीकरण तथा लोगो वितरण गर्न लागिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका अधिकृत विमलकुमार दाहालले बताए । तम्घास बजारमा रहेका होटलहरुमा अनुगमन पश्चात खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेण्टको स्तरीकरण गरेर लोगो वितरण गरिने दाहालले बताए । जिल्लामा सञ्चालित होटल व्यवसायहरुले प्रदान गर्ने सेवा–सुविधाहरु सन्तोषजनक रहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । आगामी दिनमा गरिने बजार अनुगमनलाई अझ उद्देश्यमूलक बनाउने भण्डारीले बताए । लोगो वितरण सम्बन्धी सूचाङ्कनहरुका विषयमा जानकारी लिन पाउँदा होटल व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् । अब आफ्नो व्यवसायमा पनि खाद्य स्वच्छताका सम्बन्धी ध्यान दिने सहभागीको जोड थियो । उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्ने, होटल तथा रेष्टुरेण्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिवृद्धि गराउने उद्देश्यले होटलहरुको स्तरीकरण गर्न लागिएको हो ।   –पत्रकार अनिल खत्री

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update