Shittalpati
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल

पाल्पा, नेपाल राष्ट्र बैङ्कको ख’वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । बैंकको पोखरामा भएको १४ औँ साधारणले बस्याललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ घर भएका बस्याल बैंकको स्थापना कालदेखी सञ्चालक समितिमा रहँदै आएका थिए । उनी नेपाली काँग्रेस महासमिति सदस्य तथा गल्याङ नगर सभापति समेत हुन् । संस्थापक शेयर धनी समूहतर्फ ३ जना र सर्वसाधारण शेयर धनी समूहतर्फबाट ३ जना गरी बनेको ६ जनाको सञ्चालक समितिको पहिलो बैंठकले बस्याललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

सभाले संस्थापक शेयर धनी समूहतर्फ सञ्चालकमा श्यामप्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दीपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयर धनी समूहतर्फबाट विमल पाण्डे, सञ्जीव ढकाल र सरस्वती पाठकलाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले यसअघि नै प्रस्तावित १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँजी रहेको बैंको १३.५ प्रतिशत बोनस शेयर वितरण पश्चात् चुक्ता पुँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । बैंकले हाल देशभरका १ सय ६ शाखा र ५१ वटा एटिएममार्फत सेवा दिदै आएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update