Shittalpati
आईडीसी निर्माण गर्दै वल्र्डलिंक

पाल्पा, नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले इन्टरनेट डाटा सेन्टर (आईडीसी) निर्माण गर्न थालेको छ । कम्पनीले नेपालका १४ ठूला शहरहरूमा आईडीसी निर्माण गर्न लागेको हो । नेपालका सातै वटा प्रदेशमा कम्पनीले डाटा सेन्टरहरु स्थापना गर्ने गरी काम अगाडि बढाएको छ ।

१४ डाटा सेन्टरहरू मध्ये काठमाडौंको डाटा सेन्टर सबैभन्दा ठूलो, अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुने छ भने अन्य बाँकी डाटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुने छ । यी डाटा सेन्टरहरू तटस्थ र सहप्रयोग सुविधायुक्त हने छन् । यसको अर्थ यो सुविधाले वल्र्डलिंकको पूर्वाधार मात्र व्यस्थापन गर्दैन कि अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकमहरु लगायत सरकारी, निजी संस्थाहरू र सम्पूर्ण देशलाई चाहिने सूचना प्रविधि, दुरसंचार पूर्वाधारको व्यवस्थापन गर्ने छ । आगामी ३ वर्षमा वल्र्डलिंकले डाटा सेन्टर निर्माण गर्न करिब तीन सय करोडको लगानी गर्ने छ । यसको उद्देश्य ग्राहकहरुलाई भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा दिनुको साथै डिजिटल नेपाल निर्माण गर्न सहयोग गर्नु हो । यी इन्टरनेट डाटा सेन्टरहरूको सुविधाले गर्दा सबै प्रयोगकर्ताहरुले इन्टरनेट सामग्रीहरु छिटो, सस्तो र अधिक विश्वसनीय स्तरको पाउने कम्नीले जनाएको छ । विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले वृद्धि भइरहेको छ जसले गर्दा इन्टरनेटको पूर्वाधारमा दबाव र प्रयोगकर्तालाई प्राप्त हुने इन्टरनेटको अनुभव र गति बिग्रिँदै गएको छ । गुणस्तरिय किसिमको इन्टरनेट प्रयोगका लागि सकेसम्म प्रयोगकर्ताहरूको नजिक स्थानीय रूपमै सर्भरहरू हुनु आवश्यक हुन्छ, जसले इन्टरनेट सामग्रीहरुलाई प्रयोगकर्ताहरूको लागि भण्डार गर्दछ ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update