Shittalpati
गरिमा बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’

पाल्पा, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले ‘मेरो सेयर बचत खाता’ ल्याएको छ । बैंकले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्‍याउन ‘मेरो शेयर बचत खाता’ ल्याएको हो । कोभिड १९ को महामारीका कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी यो खाता सञ्चालनमा ल्याएको छ । यो खाता अन्तर्गत ग्राहकले न्यूनतम ५ सय रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी आस्बा सुविधा लिन सक्ने बैंकले जनाएको छ । पहिला नै डिम्याट खाता हुने ग्राहकहले पनि यो खाता खोली निःशुल्क सी आस्बाको सुविधा लिन सक्ने जनाइएको छ । जनमानसमा शेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरी नेपाली सेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पुर्‍याउने यो खाताको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

बैंकले हाल देशका ३५ जिल्लामा १ सय ६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ । बैंकले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउँदै बिना चेकबुक मोबाइल बैकिङ्ग मार्फत शाखामा उपलब्ध क्युआरलाई स्कान गरी पैसा झिक्न मिल्ने ‘स्मार्ट टेलर’को सुरुवात समेत गरेको छ । हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध रहेको छ भने बैंकले चाँडै नै सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ । डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भिर्याउन बैंक सधैँ तत्पर रहने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update