Shittalpati
गुल्मी मालिकामा दुई पक्की पुलको बन्दै

गुल्मी, जिल्लाको मालिका गाउँपालिकामा दुई पक्की पुला बन्न लागेका छन् । गाउँपालिकाको वडा नं. ३ र ४ को सिमानामा पर्ने सिलादी,घमिर, अर्खावाङ्, दलिङ्ग, भिमघिटी सडक जोड्ने पुलको शिलान्यास गरिएसँगै पुल बन्न लागेका हुन् छ । वडा नं–६ अर्जै स्थित अर्जैबेसी खोलामा सिन पक्की पुलको शिलान्यास गरिएको छ । फुलबारी, अर्जै, बोम, नेटा, बाग्लुङ सडक खण्ड अन्तर्गत अर्जैबेसी खोलामा बन्न लागेका पक्की पुलको एक कार्यक्रमको बिच शिलान्यास गरिएको हो ।

पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलान्यास गरेका छन् । पुल शिलान्यास गर्दै मन्त्री चौधरीले गुणस्तरीय काम गरी समयमै योजना सक्न निर्माण व्यवसायीलाई आग्रह गरे । उक्त सडक खण्ड महत्वपूर्ण भएकाले त्यसमा बजेट अभाव हुन नदिने उनले प्रतिवद्धता समेत व्यक्त गरे । अर्जैमा बन्न लागेको पक्की पुलको २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भ्याट बाहेक एक करोड ९० लाख १४ हजार दुई सय ४७ रकममा पन्त निर्माण सेवासँग सम्झौता भएको छ ।

पुलको २० मिटर लम्बाइ र ९ मिटर चौडाइ रहेको छ । गाउँपालिकाको वडा न.३ र ४ को सिमानामा पुलको २ करोड ३७ लाख २८ हजार ८ सय २९ रुपैयाँ ७१ पैसा लागत रकम रहेको छ । पक्की पुल निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले बजेटको व्यवस्था मिलाएको छ । समयमै पुल निर्माण सम्पन्न भए गुल्मी जिल्ला र बागलुङ जिल्लाका नागरिकहरु लाभान्वित हुने छन् । – अनिल खत्रीबाट

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update