Shittalpati
मुक्तिनाथ सहकारीको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पचभैया

कृष्ण पोखरेल
पाल्पा, तानसेनमा रहेको मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन गरेको छ । सहकारीले मंगलबार एक कार्यक्रमका बिच तानसेनमा साधारण सभा तथा अधिवेशन गरेको हो ।

अधिवेशनको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै अध्यक्ष महर्जनले जिल्लाका स–साना उद्योग व्यवसायहरुलाई प्रवद्र्धन गर्ने काम सहकारीले गर्दै आएको बताए । उनले बैकहरुले ठूलो लगानीहरुलाई मात्र प्रोत्साहन गर्दै आए पनि सहकारीहहरुले सानो रकम बचत, ऋण लगानी गर्दै स–सानो घरेलु तथा कुटिर उद्योगमा महत्वपूर्ण टेवा पु¥याएको बताए । बैकहरुबाट अझैपनि कृषि केन्द्रित लगानीमैत्री कार्यक्रम नआएकाले सहकारीहरुले कृषिमा लगानी बढाउनु पर्ने संघका अध्यक्ष महर्जनले जोड दिए । मुक्तिनाथ सहकारी कृषि बहुउद्देश्यीय सहकारी भएकोले कृषिका विविध पाटाहरुमा जिल्लाभरी काम गर्न महर्जनले सहकारीलाई आग्रह गरे । कार्यक्रममा सहकारीका सल्लाहकार हरी रायमाझीले सहकारी नाफा मुखी नभई शेयरसदस्य केन्द्रित सेवामुखी भावनाले काम गर्नुपर्नेमा जोड दिए । आफै बचत गर्ने, आफै नियम बनाउने, आफै कारोवार गर्ने, धेरै जनालाई सहयोग गर्ने, एक अर्कामा सहकार्य गर्ने गरी सहकारीले काम गर्दै आएको सल्लाहकार रायमाझीले बताए ।

सल्लाहकार भिमसेन कार्कीले सहकारीले ठूलो लगानी गर्नुभन्दा स–सानो क्षेत्रमा लगानी गरी धेरै जनालाई सेवा दिनुपर्ने बताए । सहकारीले कृषि क्षेत्रलाई नै लक्षित गरेर काम गर्दै आएको र आगामी दिनमा पनि कृषिलाई केन्द्रित गरेर कार्यक्रम गर्ने सल्लाहकार कार्कीले बताए ।
कार्यक्रममा शेयर सदस्य कृष्ण पोखरेल, चिरञ्जीवी उपाध्याय ढुङ्गाना, हुमा सुर्यवंशी लगायतले कृषि बहुउद्देश्यीय सहकारी भएकोले जिल्लाभरी नै कारोवार गर्न सुझाव दिएका थिए । कार्यक्रममा अध्यक्ष मोहन प्रसाद श्रेष्ठको बार्षिक, सचिव शंकर भण्डारीको सांगाठानीक, कोषाध्यक्ष विनोद पंन्थीको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीले गत आर्थिक बर्षमा ६ करोड रुपैयाको कारोवार गर्न सफल भएको छ । ७ सय ९८ जना शेयर सदस्य रहेको सहकारीले ३ करोड ३६ लाख ९१ हजार रुयैयाँ लगानी गरेको छ भने ३ करोड ४० लाख ७० हजार रुपैया बचत रकम संकलन गरेको छ । सहकारीले कृषिमा १८ लाख, व्यापारमा २ करोड ७५ लाख, घर जग्गा तथा घर निर्माणमा १३ लाख ८३ हजार, हायर पर्चेजमा ३० लाख २६ हजार रुपैया लगानी गरेको छ ।

       अध्यक्षमा पचभैया

मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो अधिवेनले देव पचभैयाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितीको उपाध्यक्षमा विनोद पंन्थी, सचिवमा शंकर भण्डारी, कोषाध्यषमा समिरमान सिंह चयन भएका छन् । समितिको सदस्यमा चिरञ्जीवी नारायण उपाध्याय ढुङ्गाना, राम प्रसाद श्रेष्ठ, उत्तम कुमार बज्राचार्य, विमला शाक्य बज्राचार्य र विनायक महर्जन रहेका छन् भने लेखा समितिको संयोजकमा पर्शुराम सापकोटा, सदस्यमा प्रविन बज्राचार्य र सुनिल कुमार बस्याल चयन भएका छन् । नव निर्वाचित अध्यक्ष पचभैयाले पत्रकारीता क्षेत्रमा लामो समय काम गरेको भएपनि सहकारी क्षेत्रमा नेतृत्व गर्ने पहिलो अवसर भएकाले सबैको सहयोग र सहकार्यमा जिल्लाकै उत्कृृष्ट सहकारी बनाउने गरी काममा खटिने प्रतिवद्धता जनाए ।

 

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update