Shittalpati
बाँकी बजेट सही समय र गुणस्तरमा सम्पन्न गर्ने : मन्त्री बराल

रमेश विश्वकर्मा
गुल्मी । पाँच नम्बर प्रदेशका सामाजिक विकासमन्त्री शुदर्शन बरालले प्रदेश सरकारले यस आर्थिक वर्षको अहिलेसम्म १८ प्रतिशत बजेट खर्च भएको बताएका छन् । उनले बाँकी बजेटको सही समय र गुणस्तरमा सम्पन्न गर्ने सबै मन्त्रालयले प्रतिवद्धता गरेको मन्त्री बरालले बताए ।
मंलबार प्रेस संगठन गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमम हालसम्म प्रदेश सरकारले स्थानीय सरकारको अभिभावकत्व ग्रहण गर्ने १ सय ९ वटै स्थानीय सरकारहरुलाई विकास निर्माणको जनताको सेवाको एउटै लयमा हिडाउने हिसाबले प्रदेश समन्वय परिषदले धेरै मात्रामा प्रगति गरेको बताए । प्रदेश ५ सरकारले सिङ्गो नेपालमै उदाहरणीय काम प्रस्तुत गरेको दाबी गरे । प्रदेशको राजधानी र नाम अब छिट्टै हुन लागेको हिउँदे अधिवेशनबाट टुङ्गो लगाईने बताए । साथै मन्त्री बलालले यस प्रदेशमा भएका सबै अस्पतालहरुको आधारभूत सुधार गरिने बताए । प्रादेशीक अस्पतालहरुलाई प्रादेशिक गौरवको योजनाको स्तरमा पुर्याउने बताए । यहाँका नागरीकहरुलाई उपचारका लागि यस प्रदेश भन्दा बाहिर जान नपर्ने गरी व्यवस्थापन मिलाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे । उनले आयुर्वेदिक स्वास्थ्य अस्पताललाई स्तरोन्नती गरेर स्थानीय जडीबुटीलाई औषधी उत्पादनसम्म लैजाने गरी प्रदेश सकार लागी परेको दाबी गरे ।

यो आर्थिक वर्षमा विपन्न नागरिकका लागि दमका समस्या भएकालाई ५० हजार सम्म निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको बताए । अस्पतालमा जन्मिने शिशुहरुका लागि भिटामिन के निःशुल्क उपलब्ध गराउने बताउँदै मन्त्री बरालले भने,‘८४ वर्ष पुगेका वृद्धवृद्धाहरुका लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरिने छ ।’ आगामी वर्षमा सबै जिल्ला अस्पतालमा आई.सि.यू (सघन उपचार कक्ष) सेवा विस्तार गरीने योजना रहेको बताए । सुत्केरी धेरै हुने स्थानहरुमा (एन.आई.सि.यू) नवजात शिशुलाई राख्ने सघन उपचार कक्ष सेवा उपलब्ध गराउने जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update