Shittalpati
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समीक्षा

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिएको कार्यक्रमको एक कार्यक्रमका बिच समीक्षा गरिएको हो । गतवर्ष गरिएका कार्यक्रमहरुको विषयमा छलफल र समीक्षा गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद नारायण आचार्यले गाउँपालिकाको काम सन्तोषजनक रहेको बताए । उनले आगामी दिनहरुमा पनि लक्षित वर्गको पहुँचमा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनले यस बर्षको कार्यक्रममा रोजगारीका कार्यक्रमहरु थपेर कृषिलाई प्राथमिकतामा राख्न पनि गाउँपालिकालाई आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले यस वर्ष कार्यविधि परिवर्तन भई आएकाले त्यसैका आधारमा गरिब र विपन्न लक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिई रोजगार उन्मूख कार्यक्रम अघि ल्याइने बताए । कार्यक्रममा कार्यक्रम सहजकर्ता नारायणबहादुर कुमालले वार्षिक प्रतिवेदन गरेका थिए । उनले गत वर्षको कूल ५२ लाख मध्य पूँजीगत तर्फको १२ लाखको ४ वटा कार्यक्रम र चालुतर्फको ३८ लाखको ६ वटा कार्यक्रम सम्पन्न भएको बताए ।

यसैगरी प्रशासनीक खर्च तर्फ २ लाख विनियोजन भएको सहजकर्ता कुमालले बताए । गत वर्ष सम्पन्न कार्यक्रमहरुमा शिक्षा, राहत तथा पुनःस्थापना, आयआर्जन, स्वास्थ्य, कृषी र खानेपानी लगाएतका कार्यक्रमहरु रहेका थिए । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराइले यस वर्षको कार्यक्रम प्रभावकारी रहेको बताउँदै धामिगाको धनिया खेतीबाट किसानहरुले बढी फाइदा लिएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले यस वर्ष वैदेशिक रोजगारबाट आएकाहरु र कोरोनाको प्रभावले रोजगार गुमाएकाहरुलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताए । यस वर्ष कार्यक्रमलाई ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update